वेवसाइटमार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

लोकपथ
130
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।

प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोसेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।

वेबसाइटमार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिष्ट्रेशन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो सेयरको रेजिष्ट्रेशन/नविकरण/पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता/पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन् । यी सबै सेवाहरु बैंकको वेबसाइट मार्फत प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?