गणपती बनस्पतीद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड ११ लाख सहयोग

लोकपथ
117
Shares

काठमाडौं । गणपती बनस्पती प्रालिले डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ ।

बाल बच्चाहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित सो अस्पताललाई कम्पनीले एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ ३० गते चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर तथा राज कुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरु अनन्ता मोर र राजिब मोरको उपस्थिति रहेको थियो ।

गणपती बनस्पती प्रालि विगत २५ वर्षदेखि संचालनमा रहि देशको अर्थतन्त्रमा टेवा पुर्‍याँउदै आएको परिचित कम्पनी हो । यस कम्पनीले संचालनको विभिन्न कालखण्डमा स्वदेश तथा विदेशमा विपद व्यवथापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढि पहिरो, विपन्नको उपचार, भौतिक पुर्बाधारको लागि सहयोग गर्दै आइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?