३१ आश्विन २०७८, आईतवार

पूर्व प्रहरी मञ्चले पक्षघात भएका विद्यार्थीलाई सहयोग ग-यो

२०७५,भाद्र,६,बुधबार ०१:१४


काठमाडौँ :पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई दुई लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ । 

मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मङ्गलबार सो रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्दती सिकाई एवं आवास सञ्चालनमा सो रकमले सहयोग पुग्ने बताए । उनले आउँदा दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख नेपालले बौद्धिक, शारीरिक र मेरुदण्ड पक्षघातबाट अशक्तलाई नगरपालिकाले सहयोग गर्ने बताए । मञ्चका सल्लाहकार श्रेष्ठले सो सहयोगले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन थप प्रेरणा मिलेको धारणा राखे ।

विसं २०७२ मा स्थापना भएको उक्त समूहले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्दति, सिकाइ एवं आवास सञ्चालन र अपाङ्गता अधिकारसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल समूहमा ११ विद्यार्थी छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार ०१:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्सावको मत लिने प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री शाक्यले आइतबारको

बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता कायम गरेको बताएकी छन् । विजया दशमी,

चितवन । जिल्लामा दशैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०