एसपीपीबारे प्रधानमन्त्री देउवाले भने- ‘राष्ट्रहित विपरितका सम्झौता गर्दिन’

लोकपथ
581
Shares

काठमाडाैं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरितका कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् ।

सबैतिर एसपीपी सम्झौताको विवाद भएपछि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरि सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनका आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसँग छलफल गरेका हुन् ।

‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर्नु भन्छ भनेपनि गर्दिनँ ।’ उनको भनाइलाई उद्रृत गर्दै बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।

केही दिनअघि अमेरिकाको हिन्द प्रशान्त क्षेत्रका प्रमुखले प्रधानमन्त्रलाई भेटेसँगै त्यसबारेमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसैबेला एसपीपी सम्झौताको कुरा आएसँगै त्यसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?