राजेन्द्र लिङ्देनको टिप्पणी : ‘एमसीसीबाट धेरै कुरा आउँदोरहेछ’

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना (एमसीसी) ले नेपालमा विद्युत प्रशारण लाइन निर्माण र सडक निर्माणमात्र नभएर अरु कुरा पनि ल्याउने बताएका छन् ।

अमेरिकी स्टेट पार्टनरसिट प्रोग्राम (एसपीपी) तिर लक्षित गर्दै सांसद लिङ्देनले सडक र विद्युत मात्र नधइ सेना समेत आउने टिप्पणी गरेका छन् ।

बुधबार बसेको बैठकमा बोल्दै सांसद लिङ्देनले एमसीसले सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसील

‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदैछैन भन्ने जनमानसको आशंका थियो । सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’

त्यसैगरी उनले वर्तमान सरकारले यसअघिका सरकारहरुले गरेका गल्तीहरु दोहोर्याइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘विगतका गल्तीहरू सरकारले किन लगातार दोहोर्याइरहेको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?