‘जय श्री दाम’ को फस्ट लूक सार्वजनिक

काठमाडौं । चलचित्र ‘जय श्री दाम’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फिल्मले सार्वजनिक गरेको फस्ट लूकमा अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडालाई प्रस्तुत गराइएको छ ।

तर, फिल्ममा मुख्य भूमिकामा रहेकी जेविका कार्कीलाई भने देखाइएको छैन ।

कमेडी शैलीको उक्त फिल्ममा राजन खतिवडा पण्डितको भेषमा छन् । फिल्मलाई विप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । त्यस्तै फिल्ममा पृथ्वी उप्रेती र मनोज उप्रेती निर्माताका रुपमा रहेका छन् भने सह–निर्मातामा मित्र डी गुरुङ र रविन आचार्य छन् ।

चलचित्रमा निर्देशक उप्रेती र अमरदीप सापकोटाको पटकथा रहेको छ । यस्तै फिल्ममा अमृत ढुंगाना, जेविका कार्की, राजन खतिवडा, जेविका कार्की, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र यही वर्षको पुस २० गते नेपालभर प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?