गरिमा विकास बैंकको एक महिने वित्तीय जागरण कार्यक्रम सम्पन्न

लोकपथ
65
Shares

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धि बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ ।

जेठ महिनाभरी चलेको यस वित्तीय जागरण कार्यक्रमअन्तर्गत बैंकको सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको थियो । जस अन्तर्गत, यस कार्यक्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तीय सल्लाहसुझाव एवं डिजिटल बैकिङका फाइदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो ।

हरेक कायक्रममा बैंक तथा वित्तीय संस्थासम्बन्धि जान्न चाहनेहरुको सहभागीता उल्लेखनिय रहेको थियो । भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तीय जागरण कार्यक्रमले हरेक जनतामाँझ वित्तीय जागरुपता फैलाउन मद्धत पुग्ने आशा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?