एसपीपी सम्झौतालाई सरकारले ठाडै अस्वीकार गर्नुपर्छ : झलनाथ खनाल

लोकपथ
98
Shares

काठमाडौं । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) विवादित र आपत्तिजनक सम्झौता भएको बताएका छन् । मंगलबार बसेको पार्टीको स्थायी कमिटिको बैठकमा नेता खनालले गम्भीर छलफलको लागि भन्दै वितरण गरेका छन् ।

संचार माध्यममा आए जस्तो एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको कुरा सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

उनले यो प्रस्तावलाई सम्पूर्ण जनताले र देशभक्त नेपालीहरुले गम्भिरता पूर्वक लिनुपर्ने बताउदै सबै राजनीतिक पार्टी र जन संगठनहरुले पनि गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । उनले यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने बताएका छन् ।

‘एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन भन्ने हल्ला थियो तर अहिले प्रकट रुपमा आएको यो प्रस्तावले त्यहि कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔँ ।’ नेता खनालले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?