३१ आश्विन २०७८, आईतवार

मालपोत कार्यालयबाट बैंकिङ कारोवार

२०७५,भाद्र,५,मंगलवार १६:०२


काठमाडौँ- सरकारले मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकका १३१ मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको जानकारी दिइन् ।

उनले कार्यालय समयमा कारोवार गर्ने गरी काउण्टर स्थापनाका लागि विभिन्न बैङ्कसँग समन्वय भइरहेको बताइन् ।

मालपोत कार्यालयमा सीसीटीभी जडान गरी विभाग र मन्त्रालयबाट अनुगमन गर्न सकिने व्यवस्था मिलाइने छ, मन्त्री अर्यालले भनिन्, “सहकारी क्षेत्रलाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण हासिल गर्ने लक्ष्य सरकारको छ ।”

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विभिन्न १० वटा सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा गरिएको जानकारी दिँदै सहकारी पीडितलाई न्यायोचित रुपमा क्षतिपूर्ति उपलब्ध गराउने नीति लिएको बताए।

मालपोत तथा भूमिसुधार कार्यालयमा पेश हुने लिखत तयारवापत सेवाग्राहीले लेखापढी व्यवसायीलाई के कति शुल्क बुझाउन उचित हुन्छ त्यसबारे विज्ञहरुले दिएको सुझावका आधारमा निर्धारण गर्ने तथा कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश रोक्नका लागि स्थानीय प्रहरी प्रशासनसँग मन्त्रालयले समन्वय गर्ने पनि उनले बताए।

कार्यालय परिसरभित्र सरकारी जग्गामा बनेका संरचनामा लेखापढी व्यवसायी वा अन्य अनधिकृत व्यक्ति वा संस्थाले शर्त विपरित उपयोग गरेको वा व्यावसायिक प्रयोजनमा लगाएको भए तुरुन्त हटाउन लगाइने जनाएको छ ।

मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, ईजाजतपत्र नम्बर, प्यान नम्बर उल्लेख गरी सम्बन्धित कार्यालयमा दर्ता गराउनुपर्ने तथा कानूनी व्यवसायीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्नेलगायत व्यवस्था मन्त्रालयले गरेको पनि सो अवसरमा जानकारी गराइयो । रासस

प्रकाशित मिति: २०७५,भाद्र,५,मंगलवार १६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

काठमाडौं।  नोटलाई जतनसाथ नचलाउँदा च्यातिने, मैलो हुने, भिज्ने,नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि बिग्रिएर नचिनिने हुन्छ । नोटमा लेख्ने, केरमेट

काठमाडौँ – कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँ , तिहार तथा छठ लक्षित ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ ।

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९
बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४