बैंक अफ काठमाण्डूको सेवा अब तनहुँको मासु बजारमा पनि 

लोकपथ
0
Shares

तनहुँ । बैंक अफ काठमाण्डू लिमिटेडले जिल्लाको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा विस्तार गरेको छ ।

तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको उक्त थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको एक औपचारीक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशी र तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जीवन शाहीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष शाहीले यस समितिद्वारा संचालित पसलहरुमा सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर व्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।  साथै, बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई व्यवसाय विस्तारमा बैंकले सहयोग गर्ने  अपेक्षा उक्त समितिले लिएको जानकारी दिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिए । साथै, स्थानीय स्तरका व्यवसायी समितिहरु संगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनीतीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले ग्राहकहरुले उक्त स्थानहरुमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नेछन् । साथै बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानहरुमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहक महानुभावहरुले बैंकको वेवसाइट मार्फत उक्त छुटबारे जानकारी लिन सक्नेछन् ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?