११ कार्तिक २०७८, बिहीवार

तरकारी बजारमा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय सुझाव समिति गठन

२०७५,भाद्र,५,मंगलवार १५:२१

0
Shares

काठमाडौँ–सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय सुझाव समिति गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास र गृह मन्त्रालय तथा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधिलगायत सदस्य रहने समिति गठन गरेका हुन् ।
समितिलाई पाँच दिनभित्र तरकारी तथा फलफूल बजारलाई व्यवस्थित गरी उत्पादक र उपभोक्ता बीचको दूरी कम गर्न सकिने उपायबारे सुझावसहितको अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

तरकारी तथा फलफूल व्यवसायी, उपभोक्ता अधिकारकर्मीलगायत सरोकारवालासँग छलफल गरी यस क्षेत्रमा देखिएका बेतिथिको दीर्घकालीन समाधान गर्ने उपाय सहितको सुझाव समेत दिने नवगठित समितिका संयोजक ढकालले जानकारी दिए ।

प्रकाशित मिति: २०७५,भाद्र,५,मंगलवार १५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार