राष्ट्रिय परिचय पत्र वितरण अन्तिम चरणमा

काठमाडौँ– राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ ।

केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताए । ‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो हप्ताभित्र हस्तान्तरण गरेपछि हामी छपाइको काम गर्दछौ ।’’उनले परीक्षण सकेर कम्पनीले हस्तान्तरण गरेपछि वितरण गरिने बताए। ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ ।

कम्पनीले भदौ १५ गतेभित्र परीक्षणको काम सकाएर हस्तान्तरण गर्ने भने तापनि प्राविधिक कारणले एक महिना ढिलो हस्तान्तरण गर्ने भएको छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले परिचय पत्रको परीक्षणक्रममा देखिएका प्राविधिक समस्यालाई अहिले समाधान गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?