काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको बैठकमा सातै प्रदेशका इन्चार्जबाट रिपोर्ट पेश भएको छ । यसअघिको सचिवालय बैठकले स्थानीय चुनावमा गठबन्धनबाट धोका भएको निष्कर्ष निकाल्दै देशभरबाट विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो ।
सोही अनुसार मंगलबार अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा ७ वटै प्रदेशबाट इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका हुन् ।
त्यसरी रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबाट सावित्रा भुसाल, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशबाट गरिमा शाह रहेकी छन् ।
बैठक बुधबार बिहान ११ः०० बजे पुनः बस्नेछ भने भोलिको बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने महासचिव बेदुराम भुसालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया