काठमाडाैं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको आयोगको पूर्ण बैठकले यसअघि सचिवालय बैठकले गरेको कारबाही सिफारिसलाई अनुमोदन गर्ने निर्णय भएको एक सदस्यले बताए । भुसालले एक टेलिभिजन अन्तर्वार्तामा स्थानीय निर्वाचनमा हालको जिम्मेदवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । सो अभिव्यक्ति पार्टी हितविरुद्ध भएको ठहर अनुशासन आयोगको रहेको छ ।
यसैबीच आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया