‘गोपी’ को छायांकन स्थलमा विपिनको जन्मदिन

काठमाडौं । केही दिनअघि छायांकन थालेको चलचित्र ‘गोपी’ टिमले मुख्य कलाकार विपिन कार्कीको जन्मदिन मनाएको छ ।

सेलिब्रेसनमा फिल्मका मुख्य कलाकार तथा पत्रकारको पनि उपस्थिति थियो । काठमाडौंको टोखामा फिल्मका निर्देशक दीपेन्द्र लामा, पटकथाकार सामीप्यराज तिमिल्सिना, वर्षा राउत, कार्यकारी निर्माता श्रीधर पौडेल लगायत उपस्थित थिए ।

आफ्नो जन्मदिन मनाउँदै विपिन कार्कीले आफूलाई जन्मदिनको खासै महत्त्व नलागे पनि साथीभाइले सेलिब्रेसन गरिदिँदा रमाइलो लागेको बताए ।

चलचित्र गोपीमा वर्षा र विपिनसँगै सुरक्षा पन्तको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई अर्को वर्षको वैशाखमा प्रदर्शन गर्ने लक्ष्य लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?