तिलक कोइराला भोलिदेखि पुनः आमरण अनसनमा बस्ने

लोकपथ
260
Shares

काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलिदेखि पुनः आमरण अनसनमा बस्ने बताएका छन् ।

मंगलबार काठमाडौंको अनामनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आमरण अनसनको सर्मथनमा लगानीकर्ताका नौ संघसंगठनहरु रहेको छन् । कोइरालाले संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे मागहरु नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले पुरा गर्न नसकेकाले पुनः आमरण अनसन बस्न लागेको बताए ।

उनले ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गरेर पुँजीबजारलाई बचाउनको लागि आन्दोलन हुँदै अनसन सुर गर्ने बताए । कोइरालाले पुँजीबजार सुरक्षित रहने भने धितोपत्र बोर्डको समेत अस्थित्व नरहने बताए । समितिले बारम्बार नेप्सेको पुनःसंरचनादेखि ब्रोकर संख्या थप,बैंकलाई ब्रोकर लाइसेन्स माग राख्दै आए पनि अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएकाले सडक आन्दोलन हुँदै बाध्य भएर अनसन बस्नु बाध्य भएको बताए ।

कोइरालाले पुँजीबजार विस्तारवादी,साम्राज्यवादीहरु, वित्तीय साम्राज्यवादीहरुको एजेन्डहरुले लगानी गर्ने ठाउँ भनेर सोच बनाए घातक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?