एनएमबि बैंकले दियो लालबन्दीका किसानहरुलाई वित्तीय साक्षरता तालिम

लोकपथ
39
Shares

काठमाडौं । एनएमबि बैंकले लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई बित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तरक्रिया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १,५०० किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन् ।

यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाडौं, पोखरा, विराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाइने गरिन्छ । यस कार्यक्रमले यहाँका किसानहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?