लामोन्थाङले इन्जिनियरिङ र एमबीबीएस पढ्ने विद्यार्थीलाई ५ लाख सहयोग गर्ने

लोकपथ
221
Shares

काठमाडाैं । मुस्ताङको लामोन्थाङ गाउँपालिकाले इन्जिनियरिङ र एमबीबीएस पढ्ने विद्यार्थीलाई ५ लाखका दरले सहयोग गर्ने भएको छ ।

पालिकामा रहेको दिव्यदीप माविबाट एसइई दिएका विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न चाहेमा ५ लाख सम्म सहयोग गर्ने निर्णय कार्यपालिकाबाट गरिएको पालिका अध्यक्ष टसीन्हुर्वु गुरुङले बताए ।

‘हाम्रो त विकट गाउँ हो । पढेका विद्यार्थी पाउनै गाह्रो छ । त्यसमाथी प्राविधिक शिक्षा पढ्नेहरु निकै कम छन्,’ उनले भने, ‘विद्यार्थीलाई पढाइमा उत्प्रेरणा दिनका लागि छात्रवृत्तिको कार्यक्रम ल्याएका हौं ।’ त्यहाँ एउटा मात्रै मावि छ ।

पालिकाले एसइई दिएर प्लस टु पढ्न चाहने विद्यार्थीलाई पनि अवस्था हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यो सहयोगको रकम भने खुलाइएको छैन ।

धेरैतिर चर्चाका लागि परिणाम नआउने निर्णय गरिरहँदा गण्डकीका अन्य केही पालिकाले पनि शिक्षामा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?