काठमाडौं । नेकपा एकीकृत समाजवादीले गगठबन्धनमा राम्रोसँग सहकार्य नभएकाले पार्टीले सोचेजस्तो स्थान पाउन नसकेको निष्कर्ष निकालेको छ ।
आज बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि पार्टीका नेता झलनाथ खनालले गठबन्धनले राम्रोसँग सहकार्य गर्न नसकेका कारण पार्टीले राम्राये परिणाम ल्याउन नसकेको बताए ।
‘वास्तवमा पाँच दलको बीचमा जुन ढंगले सहकार्य हुनुपथ्र्यो त्यो ढंगले भएन । सम्मानजनक एकता भएन, त्यसकारण आउनुपर्ने परिणाम पनि आएन’ उनले भने ।
‘वास्तवमा ५ दलको बीचमा जुन ढंगले सम्मानजनक एकता हुनुपर्ने थियो । त्यो भएन । आउनुपर्ने परिणाम आए । अब यसबाट हामीले के शिक्षा लिने भन्नेमा छलफल भइराछ ।’ उनले भने ।
त्यसैगरी स्थानीय तह निर्वाचनको विषयमा समीक्षाबारे प्रतिवेदन पेस भएको त्यसको विषयमा समेत छलफल भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया