प्रधानमन्त्री ओलीले वायो ग्यासबाट चुल्हो बाले

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको टिप्पणी गरेका छन् । 

वायो ग्यास उद्घाटन गर्न विराटनगर पुगेकन ओलीले अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउने बताएका हुन् । 

विराटनगर महानगरपालिका(१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाले ।

यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले भनाइ छ । 

उद्योगीहरुलाई  यस्ता क्षेत्रमा लगानी गर्न बउनले सुझाव दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?