३० आश्विन २०७८, शनिवार

भेनेजुयलामा अनियन्त्रित मुद्रास्फिती, सरकारको योजनामा अन्यौलता

२०७५,भाद्र,५,मंगलवार ०८:२०


एजेन्सी । भेनेजुयलामा केही समयदेखि अनियन्त्रित मुद्रास्फितीको अवस्था रहेको छ । 
यसलाई महामहंगी नाम दिइएको छ । यस विकराल महंगी नियन्त्रण गर्नको लागि त्यहाँको सरकारले जुन योजना अगाडि ल्याएको छ, त्यसले झन् अन्यौलता बढाएको छ । सरकारको योजनाले काम गर्नेमा प्रश्न उठेको छ । 

निकोलस मदुरोको सरकारले आफ्नो मुद्रा बोलिभारको नाम ‘सोभरेन बोलिभार’ बनाएको छ । यसको साथै उसले यसमा ९५% अवमूल्यन गरिदिएको छ ।  अन्तराष्ट्रिय मुद्रा कोषको अनुमानमा यो वर्ष मात्रै भेनेन्जुयलाको महंगीमा दश १० लाख प्रतिशतले वृद्धि भएको छ ।  अर्थशास्त्रीहरुले सरकारको नयाँ कदमले भेनेन्जुयलाको स्थिति झन् खराब हुने चेतावनी दिएका छन् । 

के हो सोमबारको सरकारी कदम ?
मदुरो सरकारले चालेको पछिल्लो कदमले देशहको मुद्रा बदलिनेछ । नोटको नाम बदलिएको छ भने आठ नयाँ नोटहरु पनि सार्वजनिक गरिएको छ । नयाँ नोटहरुमा २, ५, १०, २०, ५०, १००, २०० र ५०० का नोटहरु छन् ।
भेनेजुयला सेन्ट्रल बैंकका प्रमुख क्यालिक्स्टो ओर्टेगाले पुरानो नोटहरु तोकिएको समयसम्म प्रचलनमा रहने घोषणा गरेका छन् । उनका अनुसार एक हजारको नोटको प्रचलन मात्र हटाइएको हो ।

परिवर्तनले सामानको मूल्यमा के फरक पार्नेछ ?

भेनेजुयलामा परेको महामहंगीको चपेटाले हरेक २६ दिनमा सामानको भाउ दुई गुणा भइरहेको छ ।  केही अर्थशास्त्रीहरु दूध हालेको एक कपलाई कफीलाई महंगीको मापन गर्न प्रयोग गर्छन् । 
३१ जुलाईमा राजधानी काराकसको क्याफे हाउसमा एक कप कफीको मूल्य २५ लाख बोलिभार थियो । पाँच हप्ता पहिलेको तुलनामा यो दर दोब्बर हो । अब ९५% अवमूल्यन गराएर ल्याइएको ‘सोभरेन बोलिभार’मा भने एक कप कफी २५ ‘सोभरेन बोलिभार’मा आउँछ । 

यसले के सजिलो पार्छ ?

केही समयको लागि यसले नगद कारोबारलाई सजिलो पार्नेछ । हाल मानिहरुलाई एक कप कफीको लागि नोटहरुको एक मोटो बिटा बोकेर बजार जानुपर्छ । 
भेनेजुयलाको पूरानो मुद्रामा सबैभन्दा ठूलो नोट एक लाख बोलिभार थियो । 

भेनेजुयलामा महंगीको कारणले ठूला नोटहरुको माग बढेको छ । तर त्यहाँको बैंकले आफ्ना सबै ग्राहकहरुलाई तिनको खाताबाट पैसा निकाल्नको लागि सीमा तोकेको छ । 

यस्तोमा यहाँका नागरिकहरुले बजार जादाँ सानो नोटको ठूलो सङ्ख्या बोक्नुपथ्र्यो । अन्यथा अनलाईन मुक्तानी गर्नुपथ्र्यो । यही कारण हाल भेनेन्जुयलामा टिप्स पनि अनलाईनबाट भुक्तानी गरिन्छ ।

के नयाँ मुद्राले मंहगी रोकिनेछ ?

सरकारको विश्वासमा नयाँ चालिएका रणनीतिहरुले महंगीलाई मात्र नियन्त्रण गर्ने होइन कि ‘आर्थिक युद्ध’को सामना गर्न पनि सहयोग गर्नेछ ।
भेनेन्जुयली सरकारले ‘साम्राज्यवादी शक्ति’हरुले उ विरुद्ध आर्थिक युद्ध सुरु गरेको बताउदै आएको छ । 

एक सेप्टेम्बरबाट न्युनतम पारिश्रमिकमा ३४ गुणाले बृद्धी हुनेछ । नयाँ बोलिभार नोटलाई सरकारले तेलको लागि जारी गरिएको भर्चुअल मुद्रा पेट्रोको हिसाबबाट हेरिरहेको छ । 

राष्ट्रपति मदुरोले ट्वीट गर्दै सरकारले ‘नवउदार पूँजीवाद’को उदेश्य नकाम बनाईदिने बताएका छन् । उनले ट्वीट गर्दै नयाँ परिवर्तनले देशको आर्थिक व्यवस्थामै सम्पूर्ण रुपमा सकारात्मक असर पार्ने लेखेका छन् । 

तथापी अर्थशास्त्रीहरुले यो तरिकाले महंगीको मुल जरालाई समाधान गर्न नसक्ने बताएका छन् । उनहरुको भनाईमा नयाँ नोटको छपाईले महंगीलाई लामो समयसम्म नियन्त्रणमा राख्न सक्दैन । केहीले यसले अवस्था झनै खराब हुने बताएका छन् ।

अर्थशास्त्रीहरुको भनाईमा न्यूनतम ज्यालामा वृद्धी गरेपछि महंगी झनै बढी हुनेछ । केही विश्लेषकहरुको विश्वासमा नयाँ मुद्राको लाभ महामहंगीको कारणले एक महिनामा निस्प्रभावी हुनेछ ।

प्रकाशित मिति: २०७५,भाद्र,५,मंगलवार ०८:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ ।

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७