१८ औँ ‘एशियाड’: महिला माउन्टेन बाइकमा पनि नेपालको खराब प्रर्दशन

जार्काता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत माउन्टेन बाइकको क्रस कन्ट्री स्पर्धामा नेपाल १० औँ स्थानमा रहेको छ । 

महिलाको क्रस कन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेकी नेपालका लक्ष्मी मगर १० औं स्थानमा रहिन् । १२ खेलाडी सहभागी यो स्पर्धामा नेपाल १० औँ भएको हो । 

चीनकी वियन्वा योले निर्धारित दुरी १ घण्टा २० मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक हात पारिन् ।

त्यस्तै, यो भन्दा मात्र ४ मिनेट ३९ सेकेन्ड पछाडी रेश पूरा गर्दै चीनकै हाङगफेङ लिले रजत तथा थाइल्याण्डकी नताली पान्यावानले कास्य पदक जितिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?