काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशको राजधानी हेटाैँडामा भएको जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमबारे असन्तुष्टि जनाएका छन् ।
मेयर शाहले सोमबारबाट हेटौँडामा सुरु भएको प्रशिक्षण कार्यक्रममा काठमाडौं महानगरपालिकालाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सोमबारबाट सुरु भएको कार्यक्रममा सम्बन्धित नै नभएको काठमाडौं महानगरपालिकाबारे प्रश्न उठाइएको भन्दै काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रमको संज्ञा दिएका छन् ।
उक्त कार्यक्रममा सहभागि रहेका उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै भनेका छन्, ‘बागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुशी लाग्यो ।’
बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकटेलले काठमाडौंको फोहोर काठमाडौंमै विसर्जनको व्यवस्था गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया