काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदनमा पनि कोटा तोकेर खोलेको पाइएको छ ।
विभागले माघदेखि देशैभर अनलाइन आवेदन अनिवार्य गरेको भए पनि सीमित कोटा तोकेर आवेदन खुल्ला गर्दा अधिकांशले आवेदन दिन नपाएको गुनासो गरेका छन्। भदौ पहिलो साता नसकिँदै भदौ महिनाको कोटा सकिँदा सेवाग्राहीले अर्को पटक आवेदन खुल्ने मिति कुर्नुपर्ने भएको छ।
सरकारले गत साउन १३ गते डेढदेखि महिनापछि लाइसेन्सको आवेदन खुल्ला गरेको थियो।
विभागको काठमाडौँ उपत्यकामा भक्तपुरको जगाती, काठमाडौँमा ठूलो भर्याङ, सुकेधारा, र ललितपुरमा एकान्तकुना गरी चारवटा कार्यालयहरू रहेका छन्।
यी चारवटै कार्यालयमा 'ए' बाइक र 'K' स्कुटरका लागि दैनिक तीनसय तथा 'B' कार र जीपका लागि दुर्इ सय छुट्ट्याएको विभागले छुट्ट्याउने गरेको छ।
भदौको ४ गते हुँदा भदौ महिनाको उपत्यका लगायत देशका अधिकांश यातायात कार्यालयको कोटा प्याक भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया