डोल्पा । अविरल वर्षासँगै पहिरो खस्दा डोल्पाको मुड्केचुला गाउँपालिका-७ स्थित शर्मी गाउँमा २ वटा घर पुरिएको छ ।
स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ । मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा परेका छन् ।
बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीयवासीले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया