काठमाडौं । संवैधानिक परिषदले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य नियुक्त गर्ने भएको छ ।
परिषदले विभिन्न ८ संवैधानिक आयोगमा रिक्त अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्न प्रक्रिया शुरु गरेको हो ।
८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ ।
अध्यक्ष र सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको निकायमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् ।
त्यसैगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४/४ सदस्य पद खाली छन् ।
परिषद सचिवालयले रिक्त सबै पदहरु पूर्तिका लागि मंगलबार सूचना प्रकाशित गरेको हो ।
योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ साथै उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया