कोशीटप्पुका वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

इनरुवा : सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।

आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार १० लाखका दरले रु ५० लाख, घाइते १८ जनालाई १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई ३१ लाख सात हजार रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?