रुविनाको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा

लोकपथ
56
Shares

काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ ।

नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । यस्तै, नेपालले जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?