बजेट निर्माणमा बाह्य व्यक्तिकाे सहभागिता छैन : अर्थमन्त्रालय

लोकपथ
28
Shares
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ ।

आज अन्पूर्ण पोस्टमा प्रकाशित ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो..’ समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?