सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत : प्रदीप ज्ञवाली

लोकपथ
52
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्नेभन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाए । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताउ । उहनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताए । सरकारले सुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताए ।

उनले भने, ‘सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भयो । सरकार परिवर्तन गर्दा केन्द्रबिन्दुमा राख्नुपर्ने भनेको नेपालको हित नेपाली जनताको हित हो । तर सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ । कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिर उन्मुख भएको देख्छु । त्यस कारण नेपालको परराष्ट्र सम्बन्धमा एक खालको विचलन देखेको छु । सरकारले शुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती ग¥यो । नेपालको भारतसँग सीमा समस्या छ । सीमा सम्बन्धि कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्शा पास ग¥यो । यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम ग¥यो । सरकारले अध्ययन पनि ग¥यो तर सदनलाई जानकारी गराएको छैन ।’

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाए । उनले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्यााउने काम गर्नु उचित नभएको जिकिर गरे । ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हीत र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली काँग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गरे ।

उनले भने,‘ सरकार कुनै छिमेकीलाई रिझाउने र कुनै छिमेकीलाई चिढ्याउनेतिर गइरहेको छ । यो उचित भएन । यसले हामीलाई समस्यामा पार्छ । विदेशी ऋण तथा अनुदान मेरिड बेस हुनुपर्छ । नेपालको हीतमा र राष्ट्रिय आवश्यकता अनुसार हुनुपर्छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षा मन्त्रीको हैसियतले हुन लागेको हो ? यो भन्दा अगाडि रक्षा मन्त्रीको अमेरिका भ्रमण गर्ने तालिका थियो । त्यो हो कि ? प्रधानमन्त्रीको हो ? यो पनि सदनले थाहा पाउनुप¥यो । विभिन्न सम्झौताहरु गर्ने कुराहरु सुनिएको छ । त्यो गम्भिर कुराहरुमा सम्झौता गर्ने हो भने एउटै स्वर बनाएर जानुपर्छ । नेपाली काँग्रेसको सभापति र गठबन्धनको प्रधानमन्त्रीको हैसियत नभएर मुलुकको प्रधानमन्त्रीको हैसियतले जाने हो ।’

त्यस्तै बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताए । उनले प्रतिपक्ष दल भीम रावल एकजना मात्रै राष्ट्रवादी भएर नहुने बताए । सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदहरुले बोेल्नुपर्ने बेला आएको बताए । देशमा अन्तर्राष्ट्रिय मुलुकबाट प्रतिनिधिहरु आउने तर समितिलाई जानकारी नहुने,समितिका सांसदहरु तलव र भत्ता खानलाई मात्रै नभएको बताए ।

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण बारे समितिलाई लिखित रुपमा जानकारी दिन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?