बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
221
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काभ्रेको पनौती नगरपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर वडा नं १२ बस्दै आएका ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको हो ।

कार्यालयका अनुसार लक्ष्मी माया रानामगरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कामी भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विसं २०७७ साल मंसिर २३ गतेको फैसलाबाट कामीलाई १० लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र बिगो रकम १० लाख ५० हजार रुपैयाँ तोकिएको थियो ।

सोपश्चात् भने फरार भएका कामीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले यही जेठ २७ गते काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरी आज सोमबार फैसाल कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?