काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट निर्माण गर्दा अर्थमन्त्री जनार्दन शर्माले अमुक व्यक्तिको प्रवेश गराएको खबर बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारे चासो राखेका छन् ।
जेठ १४ गते मध्यराति अर्थमन्त्रीले पूर्वनासुलाई बोलाएर करबारे हेरफेर गर्न लगाएको तथ्य बाहिरिएसँगै अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका छन् ।
आइतबार बिहान अर्थमन्त्री शर्मालाई प्रचण्ड निवास खुमालटारमा बोलाएर राजीनामा दिन आग्रह गरेको स्रोतले जनाएको छ ।
पार्टीले फिर्ता बोलाउँदा गलत सन्देश जाने भन्दै स्वतस्फूर्त राजीनामा दिन आग्रह गरेको बताइएको छ ।
अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी लिँदै गल्ती भएको बताएका थिए भने अर्थमन्त्री शर्माले आफूबाट गल्ती भएको स्वीकार गरेका थिए ।
बजेट भाषणको अघिल्लो दिन मध्यराति अर्थमन्त्री शर्माले बजेटको अन्तिम मस्यौदा तयार पार्ने क्रममा पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई मध्यराति मन्त्रालय बोलाएर कर हेरफेर गर्न लगाएको तथ्य बाहिरिएपछि उनको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया