१३ चैत्र २०७९, सोमवार

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

२०७४,आश्विन,२९,आईतवार ०८:३५

0
Shares

मेक्सिको सिटी, २९ असोज ।मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ ।अहिले पनि मेक्सिकोका विभिन्न सहरहरुमा यस्ता पूर्व सूचना प्रणाली जडान गरिएको छ । त्यस कार्यक्रमलाई थप विस्तार गरिने भएको जानकारी दिइएको छ ।मेक्सिकोमा गएको सेप्टेम्बर महिनामा मात्र दुई ठूला भूकम्प गएका थिए । सेप्टेम्बर १९ मा गएको पछिल्लो भूकम्प ७.१ रेक्टर स्केलको थियो । यसबाट ठूलो जनधनको क्षति पुगेको थियो ।महिना दिनमा नै यसरी पराकम्पनमात्र नभएर दुई ठूला र अलग अलग भूकम्पका कारण यहाँको जनजीवन अत्यन्तै प्रभावित पनि भएको थियो । त्यहाँ भूकम्पको जोखिम रही नै रहेको भन्दै यसबाट आगामी दिनमा हुनसक्ने क्षति कमगर्न पूर्व सूचना प्रणाली जडान गर्न लागिएको बताइएको छ ।मेक्सिको सिटीका मेयर माइगल एन्जेल मनसेराले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन । उनले विशेषगरी मेक्सिको सिटीमा यो पूर्व सूचना प्रणाली जडान गरिने तयारी गरिएको जानकारी दिएका हुन ।उनका अनुसार उक्त सिटीमा एक हजार वटा यस्ता पूर्व सूचना प्रणाली जडान गरिने र तिनीहरु विशेषगरी विद्यालय, भूकम्पीय हिसाबले बढी जोखिमपूर्ण अवस्थामा रहेका स्थानहरुका साथै बाक्लो बस्ती र अग्ला घरहरु रहेका स्थानमा जडान गर्न लागिएको हो ।मेक्सिोका विभिन्न स्थानमा यसअघि नै पनि यस्तो प्रणाली जडान गरिएको छ । तर थप भूकम्पीय जोखिमका समाचारहरु आइरहेकोले यो प्रणालीलाई थप विस्तार गर्न लागिएको पनि सो समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०८:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार

काठमाडौं । एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ

काठमाडौं । जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६