अमेरिका भ्रमणबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

लोकपथ
42
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका विषयमा संसदमा सांसदहरुले कुरा उठाएपछि समितिले आज बैठक बसेर प्रधानमन्त्रीसँग थप छलफल गर्ने बताएको थियो । सोही अनुसार समितिले प्रधानमन्त्रीलाई छलफलका लागि बोलाएको समितिका एक सदस्यले लोकपथलाई जानकारी दिए ।

आगामी असार अन्तिममा प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदैछन् । तर प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई कुनै जानकारी नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले चर्को विरोध गरेपछि अन्तर्राष्ट्रि सम्बन्ध समितिले त्यस बारेमा चासो देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?