शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ : शिक्षामन्त्री पोखरेल


प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ०९:३०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । 

प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताए । “उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्”, उनले भने, “अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” उहाँले परम्परागतरुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढङ्गले शिक्षा दिनुपर्ने धारणा राखे । 

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री पोखरेलले घोषणा गरे । विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्ष्भित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन उनले आग्रह गरे । 

यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले आरआर क्याम्पसले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै त्रिविको शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताए । क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले आर्थिक वर्ष २०७५÷७६ को कार्ययोजना पेश गर्दै आरआरलाई नमूना बनाउने बताए । आरआर क्याम्पसबाट स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । स्नातक तहतर्फ सविना देवकोटा, स्नातकोत्तरतर्फ अर्थशास्त्रका विष्णुदत्त भट्ट, अङ्ग्रेजीतर्फ अञ्जु तामाङ, नेपालीतर्फ प्रेमकुमार श्रेष्ठ र समाजशास्त्र तथा मानवशास्त्रतर्फ मनिल महर्जनले उत्कृष्ट अङ्क ल्याएका थिए ।  
 

Tags :
प्रतिक्रिया दिनुहोस
अनुसन्धानकर्ताको रोजाइमा पर्न थाल्याे डल्फिन चरन क्षेत्र

धनगढी । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र

संस्कृतिविद् डा. टण्डनको पुस्तक‘नेपालमा गुठी व्यवस्था’ विमोचित

काठमाण्डौं । संस्कृतिविद् डा. गोविन्द टण्डनको पुस्तक ‘नेपालमा गुठी व्यवस्था’को लोकार्पण गरिएको छ

‘जंक फुड’ खाने विद्यार्थीलाई १० रुपियाँ जरिवाना

डडेल्धुरा । डडेल्धुराको एक विद्यालयले पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेका

चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति माग गर्दै प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति दिन माग गर्दै चिकित्सा शास्त्रका विद्यार्थीहरुले