काठमाडौं । वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब ८४ करोड ४० लाख रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् ।
सञ्चालनमा रहेका २७ वटा मध्ये हालको अवस्थामा सबै भन्दा बढी चुक्ता पुँजी ग्लोवल आईएमई बैंकको रहेको छ । आधा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ती गरी ग्लोवल आईएमई बैंकले २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । ग्लोवल आईएमई बैंकको यो चुक्ता पुँजी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मलाई आधार मान्दा सबैभन्दा बढी हो ।
आगामी त्रैमासहरुमा भने ग्लोवल आईएमईको यो चुक्ता पुँजीको रेर्कडलाई नेपाल इन्भेष्टमेन्ट बैंकले तोडिदिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैकलाई मर्जर गरी नेपाली बैंकिङ क्षेत्रमा सबै किसिमले सबैभन्दा ठुलो बैंक बन्ने औपचारिक सम्झौंता गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर सम्बन्धी सम्झौताले पूर्णता पाएको खण्डमा मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ । हालको अवस्थामा भने नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा रहेको छ ।
चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा प्राईम कर्मसियल बैंक ग्लोवल आईएमई पछि चुक्ता पुँजी बढी हुने दोस्रो ठुलो बैंक बनेको छ । प्राईमको चुक्ता पुँजी हालको अवस्थमा १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा नविल बैंकको चुक्ता पुँजी भने १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैंयाँ रहेको छ । एनएमबी बैंक, कुमारी बैंक, कृषि विकास बैंक र नेपाल बैंकले भने पछिल्लो अवधिमा क्रमशः १८ अर्ब ३६ करोड ६७ लाख छ हजार, १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार, १३ अर्ब १८ करोड ७९ लाख १५ हजार र १४ अर्ब ४० करोड ५९ लाख चारा हजार रुपैंयाँ कायम गरेका छन् ।
यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, राष्ट्रिय बाँणिज्य बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमश : १४ अर्ब २० करोड नौं लाख ७४ हजार, १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार, १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार र १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैंयााँ चुक्ता पुँजी कायम गरेका छन् ।
चालु आवको तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंक, प्रभु बैंक, सानिमा बैंक र लक्ष्मी बैंकले भने क्रमशः ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार, १२ अर्ब ७० करोड ८७ लाख चार हजार, ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार र ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । नेपाल क्रेडिट एण्ड कर्मश बैंक (एनसीसी), सनराईज बैंक, माछापुच्छ्रे बैंक र बैंक अफ काठमाडौंले भने चालु आवको तेस्रो त्रैमासमा क्रमश : ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार, १० अर्ब ११ करोड ८८ लाख ९२ हजार, १० अर्ब २५ करोड ७१ लाख ५५ हजार र १० अर्ब ६२ करोड ३९ लाख चार हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
नेपाल बंगलादेश बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकले भने चालु आवको तेस्रो त्रैमासिक अवधिसम्ममा क्रमश : १० अर्ब आठ करोड ५३ लाख ९९ हजार, नौं अर्ब ८२ करोड ५८ लाख ५३ हजार र नौं अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यस अवधिमा एभरेष्ट बैंक, सेञ्चुरी कर्मसियल बैंक र स्टान्डर चार्टड बैंकले भने क्रमश : नौं अर्ब ४६ करोड ७३ लाख ४० हजार, नौं अर्ब ५५ करोड ३९ लाख नौं हजार र नौं अर्ब ४२ करोड ९५ लाख ५४ हजार रुपैयाँ कायम गरेका छन् । यी बैंकहरुको हाल कायम रहेको चुक्ता पुँजी सञ्चालनमा रहेका अन्य वाणिज्य बैंकहरुको तुलनामा निकै कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया