बजेट अधिवेशनबाट प्रदेश १ को नाम टुङ्गो लगाइने

लोकपथ
195
Shares

काठामडाै‌ । प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन् ।

आइतबार एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच भएकाे छलफलले जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन् ।

नेकपा एमाले संसदीय दलको बिहीबार बसेको बैठकले नामको विषय टुंगो लाउन सहजीकरण गर्न समिति गठन गरेको छ। नामको विषयमा सहजीकरणका लागि सत्ता पक्षले पनि स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा समिति गठन गरेको छ।

नेकपा एमालेले कार्कीकै नेतृत्वमा नामका लागि सहजीकरण गर्न ५ सदस्यीय समिति गठन गरेको छ भने एमालेले गठन गरेको कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदीश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?