काठमाडौं । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका(१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।
बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया