काठमाडौं । छैठौं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं क्रिकेट प्रतियोगीताको उपाधी खप्तड वारियर्सले जितेको छ ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई को आयोजनामा ‘स्वास्थ्य पेशाको लागि खेलकुद’ भन्ने नाराका साथ सम्पन्न भएको क्रिकेट कपको फाइनल प्रतियोगिताको उपाधि खप्तड वारियर्सले चुमेको हो ।
मौसमको प्रतिकूलताका बीच सम्पन्न भएको फाइनल प्रतियोगितामा टस जितेर फिल्डिङ रोजेको खप्तडले काठमाडौं एभेन्जर्सलाई पराजित गरेको हो ।
अघिल्लो संस्करणमा पनि काठमाडौं इभेन्जर्सलाई हराएको खप्तडले यो संस्करणमा जीत निकालेसँगै नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाडौं क्रिकेट प्रतियोगीतामा ह्याट्रिकसमेत गरेको छ ।
प्रतियोगिताको विजेताले पुरस्कार २० हजार रुपैयाँसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल प्रतियोगितामा नरेन्द्र बुढाएर ‘म्यान अफ द म्याच’ भए भने उत्कृष्ट बलर देव प्याकुरेल बन्न सफल भएका थिए । त्यस्तै ‘उत्कृष्ट ब्याट्स्म्यान’ र ‘म्यान अफ द सिरिज’को उपाधी सुमित सिंहले पाएका थिए ।
काठमाडौं इकाईका अध्यक्ष सुरेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष अनिल दाहाल, केन्द्रिय कोषाध्यक्ष श्याम मण्डल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया