काठमाडौं । आज एकैदिन सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । आजको मूल्य तोक्दै सुनको भाउ शुक्रबारको तुलनामा १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ भने आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।
यस्तै , आज चाँदीको कारोबार मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया