एमालेको प्रश्न : ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्री या रक्षामन्त्रीको हैसियतमा हुँदैछ ?

लोकपथ
390
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको हुन लागेको अमेरिका भ्रमणबारे सदनमा प्रश्न उठाएको छ ।

आइतबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाका अमेरिकाबारे प्रमुख प्रतिपक्षी दललाई जानकारी नदिइएको र सदनमा समेत जानकारी नगराएको भन्दै प्रश्न उठाएको हो ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणलाई अमेरिकाको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले गरिरहेको र त्यसमा सेना जोडिएको कारण प्रश्नहरु उब्जिएको बताउँदै उक्त भ्रमण कुन हैसियतमा गरिँदैछ भन्दै प्रश्न उठाएका छन् ।
‘यो भ्रमणको चाँजोपाँजोमा अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले गरेको छ । तर त्यसमा सेना जोडिएको छ । यसले त्यसमा गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियताले हुँदैछ या रक्षामन्त्रीको हैसियतले हुँदैछ । रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको स्टक्चर के हो ? त्यस विषयमा पनि सदनले थाहा पाउन जरुरी छ भन्ने सदनले जानकारी लिन जरुरी रहेको छ ।’ उनले भनेका छन् ।

त्यसैगरी उनले प्रधानमन्त्रीको भ्रमणबारे प्रमुख प्रतिपक्षी दललाई जानकारी गराएर त्यसबारे छलफल र सुझावहरु नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘प्रमुख प्रतिपक्ष यस विषयमा बेखबर नै रहेको छ । लामो समय भयो यस्ता गम्भीर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउने, उससँग परामर्श गराउने, उसका सुझावहरु ीलने र एउटा राष्ट्रिय समझादारी बनाउने यो चलन वर्तमान सरकारले छोड्दै गएको छ ।’ उनले भने ।

त्यसैगरी प्रधानमन्त्रीको भ्रमण राजकीय हो या अन्य कुनै हो भन्दै प्रश्न उठाएका छन् ।

‘हामीलाई त त्यो भ्रमणको स्टयाचर नै के हो, त्यो राजकीय हो कि, त्यो आधिकारीक हो की ? त्यो सदभावना मात्रै हो कि, कुनै अफिसीयल या कुनै विजनेश लायक होकी त्यस सम्बन्धमा हामीलाई जानकारी छैन ।’ सांसद ज्ञवालीले भने, ‘छलफलका विषयहरु के हुन् त्यहाँ कुनै समझादारीहरु हुँदैछन् ? हुँदैछन् भने के विषयमा हुँदैछ त्यस विषयमा प्रमुख प्रतिपक्षी पूर्ण रुपमा बेखबर रहेको छ ।’

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालय नै बेखबर रहेको जिकिर गर्दै उनले परराष्ट्रको मामिलामा गम्भीर बन्न समेत सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवा आगामी असार अन्तिमतिर अमेरिका भ्रमण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?