वडाअध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ

लोकपथ
3.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको कामकारबाही लाई सहज बनाउने उदेश्यका साथ वडा अध्यक्षहरु सँगको छलफल थालेका छन् । सोहि क्रममा शनिबार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरका काम कारबाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपक्षा गरेका थिए ।

कलाकार अर्जुन घिमिरे (पाडे)सँगै रीजालको निवाश पुगेका शाहाले झन्डै दुइ घन्टा बिताएका थिए। लन्च सहितको सो मिटीङमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रसंम्सा गर्दै मिएरलाइ सघाउन आफुले कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?