करणी अारोपमा बुटवलबाट एकजना पक्राउ

रुपन्देही : २४ बर्षीय महिलालार्इ जंगलमा लगेर जबर्जस्ती करणी गरेको अारोपमा देवदह-३ का एक युवा पक्राउ परेका छन् । 

प्युठान घर भएकी ती महिलालार्इ अारोपित युवाले पाखापानीमा रहेको जंगलमा करणी गरेको अारोप लागेको छ । 

ती युवाले करणी गर्नका लागि ती महिलालार्इ नशालु पदार्थ खुवाएर बेहोस बनार्इ जबर्जस्ती करणी गरेको अारोप लागेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?