कोरिया जानेको स्वास्थ्य परीक्षण आजदेखि

काठमाडौँ- सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्नेको स्वास्थ्य परीक्षण सोमबारबाट हुनेभएको छ । भाषा परीक्षा उत्तीर्णका लागि काठमाडौँ उपत्यकामा चारवटा अस्पतालबाट गर्ने व्यवस्था गरिएको ईपीएस, कोरिया शाखाले जनाएको छ ।
जस अनुसार पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल, नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ । सो शाखाका निर्देशक कृष्णप्रसाद खनालले ती अस्पतालबाट प्रत्येक दिन एक हजारको दरले स्वास्थ्य परीक्षण गरिसक्ने गरी सम्झौता भएको जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका र प्रहरी प्रतिवेदन आएकाले भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउने अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?