काठमाडौं–आज सोमबारबाट ९० वर्ष पूरागरेकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको यो पहिलोपटक हो ।
पूर्वराजा ज्ञानेन्द्रले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गरेका हुन् । करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि यही १ गते नेपाल फर्किएका ज्ञानेन्द्रले आमा रत्न ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उनको जन्मदिनलाई भब्य रुपमा मनाउन लागेका हुन् ।
जन्मोत्सवमा पूर्वराजाका आफन्त सबै सहभागी हुनेछन् । साझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा करिब ४ सयको हाराहारीमा आफन्त उपस्थित हुने निर्मल निवासले जनाएको छ ।
जन्मदिनलाई भब्य बनाउन पूर्वराजा ज्ञानेन्द्र आफैं खटिएका छन् । आजको नेपाल समाचारमपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया