१६ मङ्सिर २०८०, शनिवार

अत्याधुनिक सेवासहित पाँच पर्यटकीय बस सञ्चालनमा

२०७४,आश्विन,२९,आईतवार ०८:२३

0
Shares

काठमाडौँ, २९ असोज ।आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो ।बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने जानकारी उक्त प्रालिले दिएको छ ।प्रालिका निर्देशक दीपक भट्टराईले यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि उक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए ।“अहिले हामीले पोखरा र लुम्बिनीमा मात्र बस सञ्चालन गरेका छौँ, आगामी दिनमा सौराह र जनकपुरसम्म लैजाने योजना रहेको छ,”– निर्देशक भट्टराइले भने ।प्रालिका अर्का निर्देशक मिलन नेपालले नयाँ बसबाट यात्रा गर्न चाहनेका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए । “पर्यटकलाई लक्षित गरेर यो बस भित्र्याइएकाले विदेशी सेवा सरह बनाउन खोजेका हौँ,”–उनले भने ।बाइस सिट क्षमता भएको उक्त बसमा प्रिमियम थाइरेस्ट सोफासिट राखिएको छ । प्रालिका वित्तीय निर्देशक मनिष केसीले भारतमा निर्माण भएको उक्त बसको लागत रु एक करोड पर्नेे जानकारी दिए ।उक्त बस काठमाडौँ–पोखरा जाने विदेशीका लागि खानासहित २५ डलर र स्वदेशी पर्यटकका लागि २० डलर लाग्ने प्रालिले जनाएको छ । ट्राभल नेपाल प्रालिले सञ्चालनमा ल्याएका नौ बसमध्ये छ वटा बस पोखरा र तीन वटा बस लुम्बिनीका लागि सञ्चालन भएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०८:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि विभिन्न क्षेत्रका पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको

विराटनगर । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो ।

रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । रामेछाप र दोलखाको सिमानामा

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३