११ असार २०७९, शनिवार

कर्नकाे ‘सीडब्लु ७० स्मार्टवाच’ नेपाली बजारमा

२०७९,जेष्ठ,२७,शुक्रवार २१:४०

207
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ ।

कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो । कर्नको विश्व स्तरीय स्मार्ट वाच सीडब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ ।

कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्रि क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता रहेका छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लुटुथ कलिङ्ग फिचर रहेको छ । नयाँ स्मार्टवाचमा ३६५ दिनको वारेन्टी पनि रहेको छ ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लूटूथ कलिङ्ग फिचरसहित स्मार्ट वाच पनि ल्याएको बताए । ‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा बेच्दै आएका छौं । अब बजेट मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टवाच मोडल लन्च गरेका छौं,’ उनले भने ।

कम्पनीले कर्न सीडब्लु ७० स्मार्टवाचको बजार मूल्य ६ हजार ९९९ रूपैयाँ तोकिएको छ भने प्रि बुक गर्नेहरुले ६ हजार ४९९ रुपैयाँमा किन्न सक्नेछन् । प्रि बुक गर्नेहरुलाई फोल्डेबल पोर्टेबल वाटर स्प्रे फ्यान उपहारमा दिइने छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२७,शुक्रवार २१:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

जगदम्बा मोटर्सले TVS Apache RTR 160 4V RTFI तथा BS-VI को नयाँ मोडल नेपाली बजारमा  ल्याउने तयारीमा छ । नेपालमा

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) मा दक्षिण एसियाको निर्माण क्षेत्रको समसामयिक प्राविधिक विषयक गोष्ठी शनिबार सम्पन्न भएको छ ।

काठमाडौं । यो जमाना स्माट फोनको हो भन्दा फरक नपर्ला । किनभने हामीले जसलाई देख्छौँ, उनीहरुको हातमा मोबाइल हुन्छ ।

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६