पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब एक लिटर पेट्रोल किन्न रु १११ तिर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।  
निगमले  पेट्रोल प्रतिलिटर रु १, डिजेल र मट्टीतेल प्रतिलिटर रु २÷२ र हवाई इन्धन प्रतिलिटर  रु ४.५ रुपैयाँ बढाएको हो ।  बढेको मूल्य आज मध्यराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
यो सँगै अब  पेट्रोल प्रतिलिटर रु  १११, डिजेल र मट्टीतेल रु  ९५÷९५ र हवाई इन्धन प्रतिलिटर रु १०४.५ पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?