‘मेसिन खरिद नगरी बञ्चरेडाँडामा फोहोर लैजान दिन्न’

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताएका छन् ।

शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा उनले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताएका हुन् । उनले सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने र फोहोर विसर्जन गर्न मेसिन खरिद बाहेक अर्को विकल्प नरहेको बताए । नेता मानन्धरले मेसिन ल्याउने कुराको एकल निर्णय गरेर मात्रै फोहोर विसर्जन गर्न सरकारसँग अनुरोध गरे ।

उनले भने, ‘सरकारले मेसिन खरिद गर्नुपर्छ । सरकारले निर्णय गर्छ मेसिन खरिदको भने फोहोर फाल्न दिइन्छ, होइन भने अर्को विकल्प छैन । मेसिन किनेपछि स्थानीयको गुनासोको कुरा गरौँला । फोहोरको गन्ध सबैभन्दा धेरै मलाई आउँछ । घरछेउमा जहिल्यै फोहोरका ट्रक राखेको हुन्छ । मेरो घरबाट शुरु गरे के होला सरकारले ? त्यसकरण मेसिन ल्याउनुस्, मेसिनको लागि निर्णय गर्नुस्, एकल निर्णय गर्नुस् । मेसिन नै समस्याको सबैभन्दा उत्कृष्ट विकल्प हो । होइन भने त्यो ठाउँमा कुनैपनि हालतमा १६ वडाबाट जाने हो । शुरु मेरो घरबाट हो । त्यहीँबाट रोकिन्छ फोहोर चाहीँ ।’

सांसद मानन्धरले फोहोर विसर्जनको उत्तम विकल्प भनेकै मेसिन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?