अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

लोकपथ
182
Shares

काठमाडौं । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?